Date: March 25, 2019

शिवम् सिमेन्टसँग मकवानपुरका स्थानीयवासी रूष्ट

३० श्रावण २०७५, बुधबार ०५:३९

स्थानीय प्रभावित बासिन्दाबाटै सय रुपैयाँको शेयरमा थप दुई सय रुपैयाँ प्रिमियम थपेर तीन सय उठाउदै

मकवानपुर । शिवम् सिमेन्टले पहिलोपटक जारी गरेका सेयरमा उद्योग प्रभावित बासिन्दाबाटै प्रिमियम सेयर उठाउन सुरु गरेको छ । शिवम् सिमेन्टले ४ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीको १२ प्रतिशत हुन आउने ५२ करोड ८० लाख रुपैयाँ बराबरको ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागिसमेत निष्कासन गरेको हो ।

जसमध्ये ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि तथा ४४ लाख कित्ता सर्वसाधारणमा जारी गरेको छ । १३ साउनबाट जारी गरेको सेयर ११ भदौसम्म विभिन्न बैंकबाट एक व्यक्तिले कम्तिमा १० कित्तादेखि १० हजार कित्तासम्म किन्न पाउने व्यवस्था गरेको छ । अहिले शिवम्ले प्रतिकित्ता सय अंकित दरको सेयरमा दुई सय रुपैयाँ प्रिमियम थपेर तीन सय रुपैयाँमा बेचिरहेको सेयर स्थानीयवासीले पाउने ग्यारेन्टी नभएकाले उद्योगप्रति स्थानीयहरू रुष्ट हुँदै गएका छन् ।

सो सेयरलाई उद्योग सञ्चालनमा रहेका मारवाडी समुदायका केही मुठ्ठीभरका व्यक्तिले आफ्नो कब्जामा पार्ने षड्यन्त्रअनुसार चाल चल्न थालेका छन् । ठूलो हल्लाखल्ला गरी आएको शिवम् सिमेन्टले उद्योग प्रभावित मकवानपुरवासी जनतालाई चर्को प्रिमियम लगाएर सेयर बेच्ने प्रयास गरेपछि स्थानीय जनतामा उद्योगप्रति नकारात्मक भावना विकास भएको छ ।

शिवम् सिमेन्टले उद्योग प्रभावित मकवानपुरवासीलाई भन्दै अंकित मूल्य सय रुपैयाँमा दुई सय रुपैयाँ प्रिमियम थपेर तीन सय रुपैयाँमा तीन वर्ष किनबेच हुन नपाउने गरी सेयर बिक्री गर्ने प्रयास गरिरहेको थाहा पाएपछि स्थानीय प्रभावित बासिन्दा आक्रोशित हुन थालेका छन् । शिवम्ले  स्थानीय जनतालाई तीन सय रुपैयाँमा सेयर बेच्न सक्यो भने सर्वसाधारणलाई चार सय रुपैयाँमा बेचेर ठूलो रकम संकलन गर्नेछ ।

जुन रकम कम्पनीको सञ्चालकमा रहेका ९० प्रतिशत मारवाडीहरूको पोल्टामा जाने देखिएको छ । शिवम्ले स्थानीयवासीका लागि भन्दै बिक्रीमा ल्याएको ८ लाख ८० हजार कित्ता र सर्वसाधारणका लागि ४४ लाख कित्ता साधारण सेयर बिकाएर २ अर्ब २ करोडभन्दा बढी रुपैयाँ लुट्दै छ । यो रकम उसको चुक्ता पुँजी ३ अर्ब ८७ करोडको आधाभन्दा पनि बढी हो ।

जम्मा १२ प्रतिशत सेयर बेचेर चुक्ता पुँजीको आधाभन्दा बढी रकम संकलन गर्ने तर त्यस उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषण खाएका स्थानीय जनताले कुनै लाभ नपाउने हुनाले शिवम् सिमेन्ट उद्योग सञ्चालनमै समस्या आउन सक्ने स्थानीयले चेतावनी दिन थालेका छन् । नेपाल धितोपत्र बोर्डले शिवम् सिमेन्टका सञ्चालकहरूलाई अर्बौं लुट्ने अवसर दिएको भन्दै सरोकारवालाले समेत आक्रोश पोखेका छन् ।

शिवम्को सञ्चालक समितिमा सुरेन्द्रकुमार गोयललगायत सबै मारवाडी समुदायका व्यापारी रहेका छन् र उनीहरूले सर्वसाधारणबाट उठाएको ठूलो रकममा मनोमानी गर्ने भय पनि उत्तिकै रहेको छ । किनभने शिवम्लाई प्रत्यक्ष नियमन गर्ने कुनै निकाय छैन । नेपालमा उद्योग प्रभावित स्थानीय बासिन्दालाई प्रिमियममा सेयर बेच्ने छुट शिवम्लाई मात्र दिएर धितोपत्र बोर्डका पदाधिकारीहरूले ठूलो नीतिगत भ्रष्टाचार गरेका छन् ।

नेपालको धितोपत्र बजारको इतिहासमा उद्योग प्रभावितलाई प्रिमियम मूल्यमा सेयर निष्काशन गरिएको कुनै रेकर्ड अहिलेसम्म छैन । यसरी महँगो प्रिमियम तोकेर उद्योग प्रभावितलाई सेयर निष्काशन गरिएको शिवम् सिमेन्ट नै पहिलो घटना हो । शिवम् सिमेन्टले मकवानपुरका पहाडमा ठूलो वातावरणीय विनास गरेर चुनढुंगा उत्खनन् गरेको छ र त्यहाँका जनताले पटकपटक विरोध गर्दै आएका छन् ।

मकवानपुरको सुकौरा, चपकी र ठिंगनमा रहेको चुनढुंगा खानीबाट पीडित जनताले तत्काल वातावरण प्रदूषण हटाउन माग गर्दै आएका छन् । हेटाैँडा नगरपालिकाको हटियामा सिमेन्ट कारखाना सञ्चालन गर्दा धुलो, धुवाँ र ध्वनि प्रदूषणले जनता उकुसमुकुस छन् ।

तर उद्योगको नाममा महँगो सेयर बेचेर मारवाडी समुदायले अर्बौं कुम्ल्याउँदै आएको स्थानीयको आरोप छ । शिवम् सिमेन्टले प्रत्यक्ष प्रभाव पार्ने हेटौँडा उपमहानगर–१६ र १७ को बीचमा अबस्थित हटिया क्षेत्रका जनतालाई पनि सेयर दिनबाट वञ्चित गरेकोले स्थानीय रुष्ट बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा