Date: March 25, 2019

‘मिस्टर भर्जिन’ को मोफसल सकियो

२९ श्रावण २०७५, मंगलवार ०५:३१

काठमाडौं । गत सोमबारदेखि सुरु भएको चलचित्र ‘मिस्टर भर्जिन’ को मोफसल टुर सम्पन्न भएको छ । पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक हुँदै चलचित्र टिम काठमाडौंआइपुगेको छ ।

चलचित्रको प्रचार–प्रसार गर्ने लक्ष्यका साथ गरिएको मोफसल टुरपछि राजधानीका लगनखेल, नयाँ बसपार्क लगायतका क्षेत्रमा मंगलबार सांगीतिक कार्यक्रम गरिन लागिएको चलचित्र टिमले जनाएको छ ।

उक्त टुरमा अभिनेता गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोखरेल, रविन्द्र झासहित अन्य गायक गायिका सहभागी थिए । यस क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाटका साथै सांगीतिक कार्यक्रम गरिएको निर्देशक विशारद बस्नेतले बताए।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्युसनको ब्यानरमा निर्माण भएको यो चल

चित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ । ‘मिस्टर भर्जिन’ मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी रहेको छ ।

सह–निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेमप्रसाद दवाडी रहेका छन् । चलचित्र १ भाद्रबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा