Date: March 25, 2019

नाटकमा कर

२९ श्रावण २०७५, मंगलवार ०५:२६

काठमाडौं । सरकारले ल्याएको कर प्रणाली बारेमा नाटकका पात्रले गरेको व्यंग्य यतिवेला अनामनगरस्थित मण्डला थिएटरमा देख्न सकिन्छ । ‘सकेको तिरौला नत्र फिरिमा’ मञ्चन भइरहेको नाटकमा कलाकारले महँगीको मारमा परेका जनताको पेटबोलीलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।

हास्यप्रधान नाटक निकै रमाइलो र जनपक्षीय रहेको छ । अहिले देशमा दोहोरो करप्रणालीका बारेमा उठिरहेको प्रसंगलाई नियालेर हेर्ने हो भने यो नाटकले त्यसलाई व्यंग्यका रूपमा प्रस्तुत गरेको छ । एक घण्टा बीस मिनेटको नाटकले सरकारले करप्रणालीमा लगाएको कडा नियमले गर्दा श्रमजीवि जनतामा परेको असरका बारेमा केही क्षण भए पनि त्राण दिन्छ ।

इटालियन साहित्यकार डारियो फोको ‘कान्ट पे ? वेन्ट पे’ चारदशक अघि लेखेको नाटकको नेपाली रूपान्तरणमा ‘सकेको तिरौला नत्र फिरीमा’ करप्रणालीका बारेमा चर्को बहसका साथ व्यंग्य गरिएको छ । बढ्दो महंगीका कारण डिपार्टमेन्ट स्टोरबाट सामान हराउन थाल्छ । चोरी बढ्न थालेपछि सामानको खोजीका लागि घरघरमा खानतलासी सुरु हुन्छ ।

जब खोजी कार्य सुरु हुन्छ चोरिएका सामान लुकाउन चोरले एकमाथि अर्को झुट बोल्छन् । सामान लुकाउन उनीहरूले अनेक उपाय लगाउँछन् । चोरेर ल्याएको सामान जसलाई लुकाउने चक्करमा पात्रले झूटमाथि झूट बोल्दाको रमाइलो र झुटलाई कत्तिसम्म लुकाउन सक्छन् भन्ने विषयले नाटकलाई रोमाञ्चक बनाएको छ । महिला पात्रले चोरीका सामान आफ्नो शरीरमा लुकाउँछन् ।

लुकाउने क्रममा उनीहरूले गर्ने अभिनय तथा दिनदिनै सहरमा गर्भवती महिलाको संख्यामा बढेको विषयको वरिपरी नाटक घुम्छ । सुरुमा महँगा सामानको भारी बोकेर मञ्चमा (सरिता सरिता गिरी) को आगमन हुन्छ । उनले सडकको हिलोबाट बच्न जुत्तामा प्लास्टिक बेरेकी हुन्छिन् । अहिले नेपालका प्रायः सडकको दूर्दशालाई पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ ।

यही भावलाई नाटकमा कलाकारले देखाउन खोजेका छन् । सरितासँगै उनकी छिमेकी प्रमिला हस्याङ–फस्याङ गर्दै आउँछिन् । उनी अलिक हतारमा देखिन्छिन् । प्रमिलाले सरिताले ल्याएका महँगा सामान देखेपछि छक्क पर्छिन् । सरिताले आफ्नो हैसियतभन्दा बढी मूल्यका सामान कसरी ल्याइन् भन्ने कौतुहलता प्रमिलाको मनमा बढ्छ । यी दुवैका श्रीमान ट्याक्सी चालक हुन्छन् ।

श्रीमानको कमाइको रकमले महँगो सामान किन्ने हैसियत सरिताको हुँदैन । यही विषयमा यी दुई जनाबीच वातचित हुन्छ ।
यसपछि झुटको खेती सुरु हुन्छ । सरिताले प्रमिलालाई अनेक बाहना बनाएर ढाट्ने कोसिस गर्छिन् । जे भने पनि प्रमिलाले सरिताको कुरा पत्याउँदिनन् । सरिताको केही नलागेपछि अन्तिममा प्रमिलालाई सबै यथार्थ कुरो बताउँछिन् ।

महँगीको मारले प्रत्यक्ष रूपमा जनतामा पर्न थालेपछि महिलाहरूले प्रदर्शन गर्छन् । सपिङ सेन्टरमा महिलाहरूले आन्दोलन गर्छन् यसै मेसोमा सरिताले मनलाग्दी सामान चोरेकी हुन्छिन् । चार दशकअघि इटालीको परिवेशमा लेखिएको यो नाटक नेपालको पछिल्लो परिवेशमा निकै सान्दर्भिक देखिएको छ ।

निर्देशकले नाटकको सेटमा गरेको मिहिनेत र विषयको संयोजनले दर्शकलाई निकै गम्भीर र रोमाञ्चक बनाउँछ । सन् १९७४ मा पहिलोपटक मिलानमा मञ्चन भएको यो नाटक विभिन्न ३० भन्दा बढी देशमा मञ्चन भइसकेको छ । विजय बरालले निर्देशन गरेको यो नाटकमा सरिता गिरी, विजय बराल, उमेश तामाङ, अनुपम शर्मा र प्रमिला खनालको अभिनय रहेको छ । नाटक १० भदौसम्म मञ्चन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा