Date: March 25, 2019

ट्रम्पको धम्की: इरानसँग व्यापार गरे अमेरिकासँग पाउँदैन

२५ श्रावण २०७५, शुक्रबार ०५:२९

वासिंगटन । मंगलबार राष्ट्रपति ट्रम्पले इरानसँग व्यापार गर्ने कम्पनीहरू अमेरिकाबाट पनि प्रतिबन्धित हुने चेतावनी दिएका छन् । यसरी अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाइरहँदा उता इरानले भने चीन, रुस बेलायतलगायतका युरोपेली राष्ट्रहरूसँग कूटनीतिक भेटवार्ता गरी समर्थन बुटुलिरहेको छ ।

यस्तोमा राष्ट्रपति ट्रम्पले आफ्नो योजना विफल हुनुभन्दा अगाडि नै सबै देशलाई इरानको मुद्दामा हस्तक्षेप नगर्न आग्रह गरेका हुन्। गत महिना २०१५ को इरान आणविक सम्झौताबाट अमेरिका बाहिरिएदेखि नै ट्रम्पले अन्य मुलुकहरूलाईसमेत इरानविरुद्ध लाग्न दबाब दिइरहेका छन् ।

त्यसैले पनि इरानसँग सम्बन्ध राखेमा अमेरिकासँग अन्य देशहरूको कारोबार पनि रद्द हुने धक्की दिँदै मंगलबार ट्रम्पले अर्को ट्वीट गरेका हुन् । इरानमाथि आधिकारिक रूपमा प्रतिबन्ध लगाइसकेको जानकारी दिँदै यसलाई उनले अहिलेसम्मकै कठोर कारबाही रहेको ठहर गरेका छन् ।

आफूले विश्वशान्तिकै निम्ति यस्तो कदम उठाइरहेकाले अन्तर्राष्ट्रिय समुदयाबाट पनि त्यसै अनुरूपको समर्थन अपेक्षा रहेको उनको भनाइ छ । अमेरिकाबाहेक इरान सम्झौतासँग इजरायल र साउदी अरब पनि असन्तुष्ट रहँदै आएका छन् । तर, अर्कोतर्फ रुस, चीन, बेलायत, जर्मनी र युरोपेली संघले भने यसअघि नै इरानलाई सम्झौतामा अडिग रहन अनुरोध गरेका हुन् । त्यसको बदलामा उनीहरूले आर्थिक प्रतिबन्धलाई हलुका पार्ने वचनसमेत दिएका थिए ।

तर, हालको अवस्थामा भने अमेरिकासँग आफ्नै व्यापारीक सम्बन्ध कायम गर्न युरोपलाई निकै कठिन भइरहेको देखिएको छ । त्यसकारण पनि आफ्नो देशलाई जोखिममा पारेर इरानलाई सहयोग गर्नु दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गइरहेको उनीहरूको भनाइ छ ।

तर, पनि अझै ट्रम्पको लगातार कारबाहीले भयानक नतिजा ल्याउन सक्नेमा सबैले चिन्ता व्यक्त गर्दै आएका हुन् । यसअघि पनि उनीहरूले ट्रम्पलाई सम्झौताबाट पछि नहट्न बारम्बार अनुरोध गरेका थिए तर ट्रम्पले अन्तिम समयसम्म पनि आफ्नो अडान नछाड्ने निर्णय गरेका हुन् । केही दिनअघि मात्र ट्रम्पले इरानलाई अन्तिम मौका दिँदै वार्तामा आउन आग्रह गरेका थिए ।

तर, इरानका राजनीतिज्ञहरूले अमेरिकाको एकलौटी छलफलमा सहभागी नहुने भन्दै वार्ताको प्रस्ताव अस्वीकार गरेका हुन् ।इरानले ट्रम्पको यस्तो कदमलाई धम्कीपूर्ण नीति र क्रुर मानसिकताको नाम दिँदै आएको छ । उता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले पनि प्रतिबन्धबाट उम्किने इरानको एकमात्र विकल्प बलियो सम्झौताका लागि अमेरिकासँग पुनः वार्तामा आउनु भएको बयान दिएका छन् ।

उनका अनुसार अमेरिकाको कारबाहीले अहिले नै धेरै काम गरिसकेको छ र तेल निर्यातमाथि लगाइएको प्रतिबन्ध लागू भएपछि इरान झन् ठूलो समस्यामा पर्नेछ । सो प्रतिबन्ध भने चार महिनापछि मात्र लागू हुने बताइएको छ । त्यसकारण पनि अहिले अन्तर्राष्ट्रिय बजारमा तेलको आपूर्तिमा कुनै प्रभाव नपर्ने बताइएको हो । तर पनि यस विषयमा दुवै पक्ष अनिश्चित् रहँदै आएको हुँदा कच्चा तेलको मूल्य घटबढ हुने क्रम जारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा