Date: March 25, 2019

थाइ गुफा प्रकरण: प्रशिक्षक र ३ बालकलाई नागरिकता

२५ श्रावण २०७५, शुक्रबार ०५:१८

थाइल्यान्ड । सरकारले गत महिना गुफाबाट नाटकीय रूपमा उद्धार गरिएका फुटबल टोलीका तीन सदस्य र उनीहरूका प्रशिक्षकलाई नागरिकता दिएको छ । गुफामा फसेको तीतो अनुभवका माझ् ती बालकहरू र उनीहरूका प्रशिक्षक देशको दक्षिणपूर्वी क्षेत्रका नागरिकताविहीन ४ लाख ८० हजार मध्येका भएको खुलेको थियो ।

त्यसपछि उनीहरूको नागरिकताका लागि द्रुत गतिबाट निवेदनहरूको आह्वान गरिएको थियो । नागरिकता पाउने यी चारजना गुफामा फसेका १३ जनाको समूहका सदस्य हुन् । उनीहरूलाई दुई ब्रिटिस गोताखोरले नौ दिनपछि फेला पारेका थिए ।

तर, उनीहरूको पहिलो समूहलाई उद्धार गर्न अरू ६ दिन लागेको थियो । त्यतिका दिनसम्म ती बालकहरूलाई सुरक्षित राखेको भनी प्रशंसा पाएका प्रशिक्षकको गुफामा फसेको १८ दिन अरू तीन बालकसहित उद्धार गरिएको थियो ।

थाइल्यान्डमै जन्मिएका भनिएका प्रशिक्षक एकापोन च्यान्टोओङ र अन्य तीन बालकहरूलाई बुधबार नागरिकता दिइएको हो । म्यास्साई जिल्लाका प्रमुखले उनीहरूलाई नागरिकता दिन सबै योग्यताहरू पुगेको बताएका छन् ।

यद्यपि, उनले अहिले नागरिकता दिनुमा गुफामा भएको घटनासँग सम्बन्धित नभएको समाचार संस्था एएफपीलाई बताएका छन्। थाइल्यान्डका धेरै नागरिकताविहीन मानिसहरू म्यानमार, लाओस र चीनको सीमा क्षेत्रमा लामो समयदेखि बसिरहेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायकाअनुसार ती मानिसहरूको संख्या करिब ४ लाख ८० हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा