Date: March 25, 2019

अप्रावासीका कारण अस्ट्रेलियाको जनसंख्या २५ मिलियन पुग्यो

२४ श्रावण २०७५, बिहीबार ०५:१९

सिड्नी । अस्ट्रेलियाको जनसंख्या पहिलोपटक २५ मिलियन अर्थात् दुई करोड ५० लाख पुगेको छ । यसरी सरकारी निकायले अनुमान गरेभन्दा एकदशक अगाडि नै जनसंख्यामा यति ठूलो परिवर्तन आउनुका पछाडि आप्रवासन प्रमुख कारण रहेको बताइएको छ। केन्द्रिय मापन ब्युरोका अनुसार यही अवस्था जारी रहेमा आगामी तीन वर्ष भित्रै जनसंख्या २६ मिलियन पुग्नेछ ।

उक्त रिपोर्टका अनुसार हरेक मिनेट एक व्यक्ति अस्ट्रेलियामा बस्न आउने गरेको छ । भौगोलिक विविधताका कारण विश्वको छैठौँ ठूलो देश भए पनि तुलनात्मक रुपमा अष्ट्रेलियाको जनसंख्या कम रहँदै आएको छ। तर, पछिल्लो समय विशेषगरी एसिया र दक्षिण अफ्रिकाबाट आप्रवासीहरू धेरै ठूलो संख्यामा अस्ट्रेलिया भित्रिरहेको पाइएको छ ।

हालको दशकमा भारत, चीन, बेलायत, फिलिपिन्स र दक्षिण अफ्रिकाबाट सबैभन्दा बढी मानिसहरू अस्ट्रेलिया भित्रिएको जानकारी प्राप्त भएको हो । यस्तोमा एसियाले युरोपलाई समेत पछि पारिसकेको छ । यसक्रममा उनीहरूको सबैभन्दा पहिलो प्राथमिकता देशका दुई ठूला सहर मेल्बर्न र सिड्नी हुने गरेको देखिएको छ ।

जसकारण अहिले ठूला सहरहरूमा विस्तारै भीड बढ्दै गएको छ भने सबै ठाउँ भरिभराउ हुन थालेको बताइएको छ। यसैले पनि अहिले आप्रवासनको दर अत्यन्तै छोटो समयमा वृद्धि भइरहँदा यसले देशलाई फाइदा पु¥याउँदैछ वा हानि गर्नेछ भन्नेमा सरकारभित्रै ठूलो विवाद भइरहेको छ ।

विशेषगरी घर व्यवस्थापन र भौतिक संरचनाहरूमा यसले धेरै ठूलो प्रभाव पार्न सक्ने हुनाले मानिसहरूले बस्नका लागि अरू नै वैकल्पिक स्थानको खोजी गर्न जरुरी रहेको सरकारको भनाइ छ। वास्तवमा अस्ट्रेलियामा २० प्रतिशतभन्दा बढी भूभाग मरुभूमिसरह भएकाले नै जनसंख्या समुद्रकोे चारैतिर मात्र बढी केन्द्रित रहेको बताइन्छ।

देशभरमा ६७ प्रतिशत मानिसहरू राजधानीमा मात्र बसिरहेका छन् । यसैकारण जनसंख्या चारैतिर छरिएको हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको सरकारको भनाइ छ । त्यस्तै कतिपय स्थानमा भने जनसंख्या कमीका कारण पनि समस्या आइरहेको मंगलबार मन्त्री एलान टजले बताएका हुन् । यो वर्ष मात्र अस्ट्रेलियामा ३ लाख ८८ हजार मानिस थापिएको बताइएको छ ।

जसमध्ये ६२ प्रतिशत आप्रवासी र बाँकी ३८ मात्र प्राकृतिक वृद्धि रहेको बताइएको छ । विश्वव्यापी रूपमा हेर्दा अस्ट्रेलिया विश्वकै १३औँ ठूलो अर्थतन्त्र हो भने रुस, क्यानडा, अमेरिका, चीन र ब्राजिलपछिको छैठौँ भूभाग हो। तर, अन्य देशहरूसँगको तुलनामा यसको पूर्वी किनारामा मात्र बढी जनसंख्या केन्द्रित रहेको हुँदा त्यसले सहरको व्यवस्थापन र भविष्यबारे थप चिन्ता उत्पन्न गराइरहेको बताइएको छ ।

यस्तोमा गत महिना मात्र कतिपय राजनीतिज्ञहरूले आप्रवासनलाई सीमित गराउने तर्क अघि राखेका थिए । पूर्वी प्रधानमन्त्री टोनी अबोटले पनि अस्ट्रेलियाले वार्षिक ८० हजार आप्रवासीको प्रवेशमा रोक लगाउँदा उचित हुने बताएका थिए । तर, त्यसले अस्ट्रेलियाकै अर्थव्यवस्थालाई घाटा गराउने कोषाध्यक्ष स्कट मोरिसनको भनाइ छ ।

यसअघिको सर्वेक्षणले पनि १ देखि २ लाख सम्मका वार्षिक अप्रवासीहरू अस्ट्रेलियाका निम्ति लाभदायक हुने देखाएको थियो । त्यसले प्रतिव्यक्ति घरेलु उत्पादनमा राम्रो असर पार्ने हुँदा देशलाई नयाँ जीवन प्राप्त भइरहेको डाक्टर एलेनलगायत अनुसन्धान टोलीले बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा