Date: March 25, 2019

तीन हजारले अझै पाएनन् तेस्रो किस्ता

२१ श्रावण २०७५, सोमबार ०३:४६

काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिकाका भूकम्प प्रभावित करिब तीन हजार परिवारले तेस्रो किस्ता बराबरको रकम पाउन सकेका छैनन् । नगरपालिकालाई आवश्य पर्ने कानुनी कागजात तयार पारी बुझाउन नसक्दा करिब तीन हजारले तेस्रो किस्ता बराबरको रकम पाउन सकेनन् ।

०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पले कागेश्वरी मनोहरा नगरपालिकाका कुल ३३ सय ९८ घरमा क्षति पुर्याएको छ । ३३ सय ९८ भूकम्प प्रभावित जनतामध्ये २ हजार ९ सय ८ ले तेस्रो किस्ता बराबरको अनुदान रकम अझै लिन सकेका छैनन् । भूकम्प गएको पहिलो चरणमा ३२ सय १६ लाभग्राहीले भूकम्प प्रभावित कार्ड पाएका थिए ।

गुनासो सुनुवाइमार्फत १ सय ८२ लाभग्राही थपिएका हुन्, कागेश्वरी मनोहरा नगरपालिका–५ का वडाअध्यक्ष राजाराम पुडासैनीले जानकारी दिए । पुडासैनीले भने, ‘कागेश्वरी मनोहरा नगरपालिकाका ६० घरमा आंशिक क्षति भएको थियो । ’ आंशिक क्षति भएका घरलाई रेट्रो फिटिङ विधि अपनाउन पुनर्निर्माण प्राधिकरणले एक लाख रकम दिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा ३ हजार ९६ भूकम्प प्रभावित जनताले पहिलो किस्ता बराबरको ५० हजार रकम लिएका छन् । जग्गाको विवादको कारण करिब ३ सय प्रभावित जनताले पहिलो चरणको अनुदान रकम पाउन सकेनन्, कागेश्वरी मनोहरा नगरपालिकाका पुनर्निर्माण इन्जिनियर दीपा कार्कीले जानकारी दिइन् ।

कार्कीले भनिन्, ‘पहिलो चरणको रकम लिने जनताले अझै घर निर्माण गर्ने काम अघि बढाएका छैनन् ।’ १२ सय १५ भूकम्प प्रभावित घरपरिवारले दोस्रो किस्ता बराबरको १ लाख ५० हजार रकम लिएका छन् ।

सरकारले असार मसान्त सम्म दोस्रो किस्ता बराबरको अनुदान दिने निर्णय गरेको थियो। कागेश्वरी मनोहरा नगरपालिकामा करिब ४ सय ९० जना भूकम्प प्रभावित जनताले तेस्रो किस्ता बराबरको रकम लिएका छन् ।

नगरपालिकामा रहेका करिब २ हजार ९ सय ८ जना प्रभावित कसैको नाममा लालपुर्जा नहुँदा, कसैको परिवारमा लामो समयदेखि विवाद र झमेला हुँदा, केही परिवारले पहिलो किस्ता र दोस्रो किस्ता बराबरको रकम लिन अझै नआउँदा, कतिले तीन लाख अनुदान रकमको भरमा घर बनाउने योजनामा आँट गरेका छैनन् ।

भने कति परिवारले असार÷साउनको भारी वर्षाका कारण घर बनाउने दक्ष सिकर्मी र डकर्मी नपाउँदा, कसैले नगरपालिकामा पुर्याउनुपर्ने आवश्यक प्रक्रिया नपुर्याउँदा तेस्रो किस्ता बराबरको रकम लिन सकेनन् । सरकारले पुस मसान्तसम्म तेस्रा किस्ता बराबरको अनुदान रकम दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा